stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

उखुको समर्थन मूल्य निर्धारण

पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

यसअनुसार अब किसानले उखुमिल अर्थात उद्योगीबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि यसबारे निर्णय हुन बाँकी छ ।

देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

prabhu mahalaxmi
kumari