evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । ब्रोकर कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनिष अर्याल नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिको बैठकले अर्याललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

चाटर्ड अकाउन्टेन्ट रहेका अर्याल शेयरबजारको विश्लेषकको रुपमा परिचित छन् । उनी लामो समयदेखि शेयरबजारमा आवद्द छन् ।

उनी जाल्पा सामुदायिक लघुवित्तका अध्यक्ष पनि भइसकेका छन् । उनी जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक पनि थिए ।

सीबीआईएल सेक्युरिटिज लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर नम्बर ९१ को रुपमा सेवा प्रदान गरिरहेको छ ।

igi long
himalayan life insurance long ad