stcnepal long ad
ime life insurance
global ime bank long

मापदण्ड बिना गुड्ने सार्वजनिक सवारी कारबाहीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारीलाई कारबाही गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई सञ्चालन भएका ३० सार्वजनिक सवारीलाई कारबाही गरेको हो।

कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएका सार्वजनिक यातायातको विशेष जाँच अभियान चलाउँदा ती सवारी कारबाहीमा परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्ने सर्तमा छाडिएको र अर्को पटक पनि फेला परेमा थप कारबाही गरिने ढकालले बताए।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनु पर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जा सहित मास्क पनि लगाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादारको ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था छ।

तोकिएको व्यवस्थालाई दुरुस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ।

prabhu mahalaxmi
kumari