stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

अट्लान्टा । अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाइँका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० वर्षको उमेरमा निधन भएको हो ।
उहाँको गत शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गर्नुभएको जनाइएको छ । सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गर्नुभएको छ ।
उहाँप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उहाँलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार राति उहाँले शोक वक्तव्य प्रकाशित गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गर्नुभएको छ ।
उहाँलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उहाँको उपचारकै क्रममा निधन भएको हो । उहाँको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari