citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज यी स्थानमा वर्षा तथा हिमपातको सम्भावना

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

gold
himalayan life insurance long ad