citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गरिने

डिपीआर तयार पार्ने जिम्मा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ  । नेपाल आलय निगमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्न विस्तृत परियोजना अध्ययन (डिपीआर) को लागि इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई दिएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रहेको हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्नको लागि डिपीआर गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुलचोकलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

डिपीआर सम्झौता पत्रमा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकको तर्फबाट सहप्राध्यापक नारायणप्रसाद गौतम र हवाई इन्धन डिपो सिनामंगलको तर्फबाट प्रदीप यादवले हस्ताक्षर गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले एपीआईको मान्यताअनुसारको सुरक्षित नभएको,इन्धन भण्डार क्षमता कम र हवाई सुरक्षा मापदण्डभित्र रहेकाले डिपो सार्न लागिएको बताउनु भयो ।

यादवले पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको बताउनु भयो । उहाँले अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको इन्धन यो वर्षको दसैँमा ९ लाख लिटर हवाई इन्धन खपत भएको बताउनु भयो ।

यादवले हवाई डिपोको ७६ लाख लिटरको क्षमता मात्रै रहेको बताउनु भयो । उहाँले हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित नरहेकाले सार्न लागेको बताउनु भयो ।

यादवले हवाई डिपोको लागि नागरिक उड्डयन प्राधिकरणले आलय निगमसँग नसोधी जर्मन कम्पनीसँग गुह्येश्वरीमा अध्ययन गरी ६ अर्ब रुपैयाँ दिएको बताउनु भयो । उहाँले सरकारले निर्देशन र निर्णयअनुसार डिपीआर बनाएर काम अगाडि बढाएको बताउनु भयो ।

यादवले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले डिपो बनाउन डिजाइन गरेर दिने बताउनु भयो । उहाँले डिजाइन आएपछि डिपो बनाउन निगमले सार्वजनिक खरिद ऐनअनुसार निगम अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘एपीआईको मान्यता अनुसारको सुरक्षित नभएको,पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको छ ।

यो वर्षको दसैँमा ९ लाख लिटर हवाई इन्धन खपत भयो । अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको थियो । हवाई डिपोको ७६ लाख लिटरको क्षमता छ । हवाई यात्रा वृद्धि भइरहेको छ तर हवाई इन्धन डिपो ५० वर्ष पहिलाकै डिजाइनको रहेको छ ।

स्टोरेज कम भएको छ । ट्याक्सीवेय ९० मिटरमा मात्रै छ । हवाई डिपो सुरक्षा मापदण्ड भन्दा बाहिर रहेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ ।

हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित हुनुपर्छ । नागरिक उड्डयन प्राधिकरणले आलय निगमसँग नसोधी जर्मन कम्पनीसँग गुह्येश्वरीमा अध्ययन गरी ६ अर्ब रुपैयाँ डिजाइन दिएको छ ।

सरकारले निर्देशन र निर्णयअनुसार डिपीआर बनाएर काम अगाडि बनाएका छौँ । इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले डिपो बनाउन डिजाइन गरेर दिनेछ । सार्वजनिक खरिद ऐनअनुसार निगम अगाडि बढ्छ ।’

इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकका सहप्राध्यापक नारायणप्रसाद गौतमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरीय डिपीआर बनाउने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुने गरी डिजाइन बनाउने सोच रहेको र त्यहीअनुसार सम्झौता गरिएको बताउनु भयो ।

उहाँले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरूको पनि डिजाइन गरिसकेको बताउनु भयो । उहाँले मुलपानी क्रिकेट स्टेडियमको डिजाइन अन्तिम चरणमा पुर्‍याएर पेस गरिसकेको बताउनु भयो ।

उहाँले विगतमा बिल्डिङ बनाउँदै गएपनि अब नयाँ कामहरू गरिरहेको बताउनु भयो । उहाँले आलय निगममा धेरै आयोजनाहरूमा कन्सल्टेन्सी सेवा पुल्चोकले काम गरिहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरूको पनि डिजाइन गरिसकेको छ । मुलपानी क्रिकेट स्टेडियमको डिजाइन अन्तिम चरणमा पुर्‍याएर पेस गरिसकेका छौँ ।

विराटनगरमा पनि क्रिकेट स्टेडियमको डिजाइन गरेर पेस गरेका छौँ । विगतमा बिल्डिङ बनाउँदै गएका थियौँ भने अहिले नयाँ कामहरू गरिरहेका छौँ ।

आलय निगममा धेरै आयोजनाहरूमा कन्सल्टेन्सी सेवा पुल्चोकले काम गरिहेको छ । हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरीय डिपीआर तयार बनाउँछौँ ।

नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुने गरी डिजाइन बनाउने सोच बनाएका छौँ । त्यहीअनुसार सम्झौता गरेका छौँ ।’

सिनामंगलको घना बस्तीबिच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सारिने भएको छ । ५० वर्षअघि निर्माण भएको यो डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको निगमले जनाएको छ ।

तत्कालीन समयमा निर्माण भएको यो डिपोले अहिलेको विश्व स्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन न सकेकाले अहिलेको मापदण्ड अनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको हो।

डीपीआर गर्नको लागि ६ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च १ करोड ९८ लाख रुपैयाँ विनियोजन सहित निर्णय गरेपछि डिपो सार्ने विषयअघि बढेको हो । डीपीआर तयार भएपछि निगमले उक्त प्रतिवेदन स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने छ ।

gold
himalayan life insurance long ad