citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

चार महिनामा १२ अर्ब ७१ करोडको विद्युत् निर्यात

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले चालू आव २०८१/८२को साउन, भदौ असोज र कात्तिकमा १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।

चार महिनामा भारतलाई निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसाको दरले निर्यात गरिएको हो ।

यस्तै, भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो ।

त्यसैगरी असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् निर्यात गरिएकोमा औसत दर प्रतियुनिट ८ रुपैयाँ ०८ पैसा रहेको छ ।

यस्तै, कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् निर्यात भएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसामा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

gold
himalayan life insurance long ad