stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

साल्ट ट्रेडिङ कर्पोरेशन धनुषाद्वारा १८ करोड ६२ लाख रूपैयाँको नुन बिक्री

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ६२ लाख ८१ हजार रूपैयाँ मूल्य बराबरको आयोडिन युक्त नुन बिक्री गरेको सो शाखा कार्यालयले जनाएको छ ।

कर्पोरेसनको जनकपुर शाखा अन्तर्गत धनुषा, महोत्तरी तथा सिन्धुली तीन जिल्ला कार्यक्षेत्र रहेको छ। सो शाखा कार्यालयले उक्त तीन जिल्लामा आफ्ना २५ डिलर मार्फत उक्त रकम बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको हो ।

शाखा कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन,भदौ र असोज तीन महिनामा पाँच करोड २३ लाख रूपैयाँ मूल्य बराबरको नुन बिक्री गरेको छ ।

सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको शाखाले जनाएको छ । कार्यालयले दसैँ,तिहार तथा छठ पर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको हो ।

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन भएको सहुलियत दरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार रूपैयाँ कार्यालयलाई आम्दानी भएको शाखा प्रमुख शुभनारायण साहले बताएका छन ।

सहुलियत दरका सो पसलबाट नुन प्रतिप्याकेट रू।२४ र सोझै डिलरमार्फत रु. २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिएका छन ।

 

prabhu mahalaxmi
kumari bank
kumari