stcnepal long ad
national life

विपन्न वाढी तथा लकडाउन पिडितलाई राहत प्रदान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

धरान । धरानका बाढी पिडित तथा लकडाउन पिडित अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा उनीहरुलाई राहत वितरण गरिएको हो ।

नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव एवम् प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्वाञ्चल संयोजक सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका ५ नं. वडा, ८ नं. वडा र १३ नं. वडाका अति विपन्न बाढी पिडित र लकडाउन पिडित ४० परिवारलाई १० किलो चामाल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

बाढी र लामो समयको लकडाउनवाट अक्रान्त बनेका विपन्न र पिडितहरुलाई आवश्यक खाद्यन्न सामाग्री प्रदान गरी उच्च मानवीय कार्य गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, न्यूयोर्क, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, हाल अमेरिकामा रहनु भएका ग्रामिण क्लब हाउस इटहरीका अध्यक्ष मुकुन्द सुवेदी र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलाई प्रमुख अतिथि तामाङले विशेष धन्यवाद दिएका छन् ।

ग्रामिण क्लब हाउसका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुजेन्द्र गोले तामाङ, ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, ८ नं. वडा अध्यक्षका प्रत्यासी नन्दराज राई, नेपाली कांग्रेसका १३ नं. वडाका सभापति डम्बर तामाङ, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, ग्रामिण क्लब हाउस, इटहरीका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बांझगरा उपशाखाका सभापति उमेश पौडेल, मतदान केन्द्र सभापति पदमसुन्दर लिम्वु, ५ नं. वडा सदस्य कुमार देवान, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

gold
kumari bank
kumari
nawakantipur long