stcnepal long ad
ime life insurance
national life
global ime bank long

नौ कन्सल्टेन्सी सञ्चालक पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का आधिकारिक मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाई ठगी गरेको आरोपमा प्रहरीले नौ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको कमिसन फर एकेडेमिक एक्रिडिटेसन (CAA) बाट स्वीकृति नलिएका कलेजमा विद्यार्थी पठाई पछि फ्रान्स, अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ हुने भन्दै झुक्याएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान अघि बढाइएको हो। उनीहरूलाई बिहीबार पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

IME Lifesidebar
kumari