stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनआरएनएको कोषमा केसी पक्षको मनपरी, संस्था बचाउन लागिपर्ने शर्मा–श्रेष्ठ समूहको निर्णय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गैरआवासीय नेपाली संघको आरके शर्मा–महेश श्रेष्ठ समूहले संघको कोषमा बद्री केसी समूहले मनपरी गरेको भन्दै कोष दुरुपयोग गर्ने काम तत्काल बन्द गर्न माग गरेको छ ।

सर्वोच्च अदालतको गत साउनको फैसलाको गलत व्याख्या गर्दै बालुवाटारस्थित सचिवालयमा फर्केका बद्री केसीले संघको खातामा रहेको रकम अनियन्त्रित ढंगले खर्च गरेको शर्मा–श्रेष्ठ समूहको भनाइ छ ।

संघको ११ औँ महाधिवेशनपछि केसी पक्षले मनपरी गरेको र अहिले फेरि त्यसै गरेको भन्दै त्यस्तो नगर्न चेतावनी दिइएको महासचिव बुद्धि सुवेदीले बताए ।

मंगलबार भर्चुअल माध्यमबाट बसेको बैठकमा बद्री केसीले सचिवालयबाट गरिरहेको मनपरी विरुद्ध गम्भीर समीक्षा गरिएको उनले बताए । बैठकमा समसामयिक विषयमा छलफल र निर्णय गरिएको जानकारी दिँदै उनले संस्थाभित्रको बेथितिभित्र एकताबद्ध भएर लड्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा बोल्दै उपाध्यक्ष डा केशव पौडेलले सर्वोच्च अदालतको दुइ छुट्टाछुट्टै फैसला आए पछि एनआरएनएमा धेरै अन्यौल भएको बताए । ‘त्यसलाई चिरेर एनआरएनएलाई सहमति, सहकार्य र एकताको बाटोमा हिडाउनका लागि सर्वोच्च अदालतको पूर्ण इजलासबाट निर्णय गराउन हामी अदालत गएका हौँ,’ डा. पौडेलले भने। ‘मुद्दा मामिलाबाट जीत हार जे भए पनि सहमति,सहकार्य र एकता नै यसको अन्तिम विकल्प हो। एकताबद्ध एनआरएनले मात्रै गैरआवासीय नेपाली नागरिकता लगायत एनआरएनसंग सम्बद्ध सम्पूर्ण मुद्दाहरुलाई सम्बोधन गर्न सक्छ,’ उनले भने।

अर्का उपाध्यक्ष गंगाधर गौतमले आफूहरु वैधानिक तवरले निर्वाचित भएको र सोही माग सहित अदालत गएकाले न्याय मिल्ने विश्वास व्यक्त गरे । यस्तै सचिव लोक दाहालले ुएनआरएनए डेु मनाउने लगायतका विषयमा धारणा राखेका थिए ।

उनले संघको कोषमा भइरहेको मनपरी तुरुन्त रोक्न माग गरे । यस्तै टंक गैरेले सर्वोच्चको गत चैत २१ को फैसलाअनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा १३ जनाको टिमले एकता गराउला भन्ने विश्वास रहेपनि त्यसो नहुने अवस्था रहेकाले अब आफूहरुनै अघि सरेको र अदालतले उपयुक्त निकास दिने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले एनसीसीहरु अलमलमा परेको उल्लेख गर्दै उनीहरुसँग समन्वयको आवश्यकता औँल्याए । ‘संस्था सिध्याउने कि बचाउने भन्ने नै अहिलेको लडाइँ हो,’, उनले भने, ‘ संस्थाको पैसा अन्धाधुन्ध खर्च गरिंदै छ । एनसीसीलाई सक्रिय बनाउनु पनि ठोस योजना बनाएर हामी अघि बढ्नुपर्छ ।’
कोषाध्यक्ष ठाकुर ढुंगानाले संस्थालाई बचाउनु अहिलेको आवश्यकता भएको बताए । सहकोषाध्यक्ष तिलक गैरेले लामो समयपछि बैठक बसेको भन्दै अब सक्रिय ढंगले अघि बढेर संघभित्रको सबै समस्योका हल गरिनुपर्ने बताए ।

बैठकमा उठेका विषयहरुमाथि प्रष्ट पार्दै अध्यक्ष आरके शर्माले आफूहरु न्यायका लागि लडाइँमा रहेको र छिट्टै अदालतबाट सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे ।

उनले अक्टोबर १० र ११ तारिख दुई दिन ुएनआरएनए डेु मनाउने र संघभित्रको बेथितिबारे आफूहरुको धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । यस्तै उपाध्यक्ष गंगाधर गौतमसँगै अन्य सचिवहरुलाई एनसीसीहरुसँग समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको छ ।

सर्वोच्चमा आधिकारिकता माग गर्दै दायर रिटको सुनुवाइ अब असोज ७ गते तय भएको छ । यसअघि अदालतले सो मुद्दामा कारण देखाउ आदेश जारी गरेर दुबै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो ।

अध्यक्ष शर्माले आफूहरुको उद्देश्य एकताबद्ध एनआरएनए भएकाले संघका केही स्वार्थी तत्वहरुविरुद्ध आफुहरु लडिरहेको र निकास ननिस्केसम्म लडिरहने बताए । ‘हामी काँधमा आएको जिम्मेवारी छाडेर भाग्दैनौँ । केही व्यक्ति संघको कोष रित्याउन लागिरहेका छन् । त्यसविरुद्ध चुप बस्दैनौँ,’ उनले भने ।

अदालतबाट मुद्दा टुंगिएपछि एकताबद्ध एनआरएनए बनाउन बाटो खुल्ने पनि उनले विश्वास व्यक्त गरे ।

kumari bank
kumari
nawakantipur long