citizens life insurance long ad
stcnepal long ad

दुई कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दुई कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार पोखरा महानगरपालिका वडा नं.३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा विगत २०६८ सालदेखि करारमा कार्यरत कर्मचारी शोभा उप्रेती विरुद्ध सो आरोपपत्र दायर भएको छ ।

उप्रेतीले चौथो तहको अहेव पदमा नियुक्ति लिइ २०६८ देखि २०७८ सालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले केन्द्रीय माध्यामिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएको आयोगले जनाएको छ ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

IME Life
kumari