stcnepal long ad
ime life insurance
national life
global ime bank long

अराजकता मच्चाउने “न्यू मिडिया”का गतिविधि तर्फ सचेत रहन आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न अवलोकन भ्रमण गर्नुभएको छ ।

सो अवसरमा उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफैँ डिजिट लाइज्ड हुनुपर्ने बताउनुभयो ।

सरकार डिजिटल ढाँचामा गइसकेकाले अबको काम कारवाहीमा कागज विहीन प्रविधिको अवलम्बन हुनुपर्नेमा उहाँको जोड थियो ।

अहिले न्यु मिडियाका रूपमा आएका फेसबुक तथा युट्युब लगायत सञ्जालबाट अराजकता मच्चाउने काम पनि भइरहेकाले यस्ता गतिविधि तर्फ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो ।

“न्यु मिडियाबाट धेरै मानिसको मान, मर्यादामा आघात पुगेको , सामाजिक, राजनीतिक जीवनमा आँच आएको, मुलुक–मुलुकको सम्बन्धमा खलल पुग्ने गतिविधि भइरहेको प्रति समस्त सञ्चार जगत्को ध्यान जानु जरुरी छ”, सरकारका प्रवक्ता डा खतिवडाले भन्नुभयो ।

त्यस्ता मिडियामाथि कारबाहीको काम काउन्सिलको भएकाले अरुको निगरानी गर्ने निकाय आफैँ सजग रहन पनि उहाँले सुझाव दिनुभयो ।

हालको सञ्चारसम्बन्धी कानूनमा के कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन मन्त्री डा खतिवडाले आग्रह गर्नुभयो । उजूरी मात्रै गर्ने तर कारबाही नहुने भन्ने गुनासो नआओस् भन्दै उहाँले स्वतन्त्रताभित्र जवाफदेहिता पनि हुने धारणा राख्नुभयो ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा पहिले एक हजार सात सय अनलाइन सूचीकरण हुँदा सूचना विभागमा पाँच सय मात्र दर्ता भएको जनाउँदै काउन्सिलमा कानूनी संरक्षणका लागि र विभागमा प्रेस पासका लागि मात्रै दर्ता गराउने गरेको विगतको परिपाटीको चर्चा गर्नुभयो ।

श्रेष्ठले मिडियाबाट आएका सामग्री हेर्ने र उजूरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भएगरिएका कामकारवाहीका विषयमा जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari