stcnepal long ad
ime life insurance
national life
global ime bank long

एउटा वाइडबडी जहाज नफर्कदै मर्मतका लागि अर्को पठाइयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मर्मतका लागि इटालीमा रहेको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज नेपाल नफर्कदै अर्को वाइडबडी जहाज पनि मर्मतका लागि आज उतै पठाइएको छ ।

विस्तृत मर्मत ‘सी–चेक’ का लागि दुई महिनादेखि इटालीमा रहेको वाइडबडी जहाज अबको एक सातामा नेपाल फर्कने नेपाल वायु सेवा कम्पनीले जनाएको छ ।

विस्तृत मर्मत ‘सी–चेक’ नियमित र प्राविधिक प्रक्रिया भए पनि दुवै वाइडबडी एकैपटक ग्राउन्डेड हुने अवस्था आएपछि निगमको निर्धारित उडान प्रभावित हुने देखिएको छ ।

चाडपर्वको पूर्व सन्ध्यामा दुवै वाइडबडीको उडान अवरुद्ध हुँदा निगमले ठूलो आम्दानी गुमाउनुपर्ने अवस्था सृजना भएको छ ।

यद्यपी निगमले मर्मतका लागि दुई महिनाअघि पठाइएको न्यारोबडी जहाज अबको एक हप्ताभित्र फर्केने बताएको छ । बुधबार इटाली पठाइएको वाइडबडीले जापानको नारिताका लागि उडान गर्दै आएको थियो ।

तर अब यो जहाज इटलीबाट फर्किने मिति निश्चित छैन । निगमका प्रवक्ता रमेश पौडलले जहाज मर्मतको काम प्राविधिक विषय भएकोले यसमा केही थप प्राविधिक चुनौती आउनसक्ने बताउँदै अबको एक हप्तापछि पहिल्यै पठाइएको जहाज फर्किने र नियमित उडान सुरु हुने दाबी गर्नुभयो ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ सिट क्षमताका दुई र २ सय ७४ सिट क्षमताका दुई गरी चारवटा जेट विमान छन् ।

तिनले भारत, कतार, मलेसिया, दुबई, हङकङ, थाइल्यान्ड, साउदी अरब र जापान गरी ९ वटा देशका ११ गन्तव्यमा उडान गर्छन् । निगमका अनुसार यतिबेला निगमबाहेकका स्वदेशी\विदेशी वायुसेवाको बजार हिस्सा ८७ प्रतिशत पुगेको छ ।

तर नेपाल एअरलाइन्सको उडान नियमित नहुँदा निगमको बजार हिस्सा हरेक वर्ष घटिरहेको छ । निगमको बजार हिस्सा खुम्चिँदै गएपछि हवाई भाडामा पनि अस्वाभाविक चाप पर्ने गरेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी र अध्ययनमा जाने नेपाली विद्यार्थीलाई पर्ने गरेको सरोकारवालाहरु बताउँछन् ।

IME Lifesidebar
kumari