stcnepal long ad
global ime bank long

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका–१० नासिकापुलबाट करिब १ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे पनौती नगरपालिका–३ बस्ने कबिराज सापकोटा र सोही ठाउँ बस्ने  सन्तोष सापकोटा रहेका छन् । महानगरीय अस्थाई प्रहरी पोष्ट आशापुरीबाट खटिएको प्रहरीले बा. ४९ प ३६९७ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरि धनगढी उपमहानगरपालिका–३ धनगढी बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने वस्तु ५ सय ७० मिलिग्राम सहित ना.७ ख ७०१० नम्बरको ट्रक चालक बैतडी दशरथचन्द्र नगरपालिका–३ बस्ने  भरत नाथलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित पार्किङ गरी चामलको बोराहरु लोड गरी राखेको उक्त ट्रक वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालकको पछाडिको सिटमा ब्यागभित्र कालो प्लास्टिकमा राखेको अवस्थामा उक्त वस्तु फेला पारी ट्रक सहित उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari