stcnepal long ad
ime life insurance
national life
global ime bank long

आदर्श सञ्चार सहकारीको १० वर्षे रणनीतिक योजना परिमार्जन,योजनाको प्राथमिकताः सदस्यको स्वास्थ्य सुरक्षा २०८० सालसम्म १ अर्ब सम्पत्ती पु¥याउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

साधना पन्त
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले २०७० सालमा बनाएको १० वर्षे रणनीतिक योजना परिमार्जन गरी २०८० सालसम्म १ अर्ब सम्पत्ती पु¥याउने लक्ष्य लिएको छ । शनिवार बागलुङ बजारमा आयोजित वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी मार्फत संस्थाको रणनीतिक योजना परिमार्जन गरिएको संस्थाले जनाएको छ ।
सूचना र सञ्चार संगै वचत तथा ऋण र अन्य सामाजिक क्रियाकलाप गर्दै आएको संस्थाले आगामी आर्थिक वर्षको योजनामा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिएर नीति निर्माण गर्ने भएको हो ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ र ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङबीच गत चैत १ गते एकिकरण भएपछि पहिलो वार्षिक समिक्षा, योजना तर्जुमा तथा १० वर्षे रणनीतिक योजना परिमार्जन गरिएको संस्थाले जनाएको छ ।
विश्वमा देखिएको कोरोना संक्रमणका कारण आम समुदाय र सहकारीका सदस्यहरुमा समेत स्वास्थ्य सुरक्षाको विषयमा चासो र चिन्ता बढेकोले सदस्यहरु र समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना, रोगबाट बच्ने उपायहरुका साथै स्वास्थ्य उपचारमा समेत सहयोग पुग्ने गरी योजना निर्माण गरिएको संस्थका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन २०३० सम्म विश्वमा तनाव, दुव्र्यसन र रिसका कारण सबै भन्दा बढी मानिसको मृत्यु हुने उल्लेख छ, अध्यक्ष जिसीले भन्नुभयो यस्ता समस्या न्यूनिकरणका लागि सहकारीको भूमिका प्रभावकारी हुने भएकाले आदर्श सञ्चार सहकारीले आगामी वर्षका योजनाहरुमा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिएका हौ ।
ः स्वास्थ्यसंगै आन्तरिक पर्यटन प्रवद्र्धन, कृषि उत्पादन, बजारीकरण र प्रशोधन, वातावरण संरक्षण लगायतका क्षेत्रमा संस्थाले काम गर्ने भएको छ ।
साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित भई सूचना, सञ्चार, वित्तीय लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीलाई गण्डकी प्रदेश स्तरीय सवल र सशक्त सञ्चार गृहका रुपमा स्थापित गर्ने संस्थाको योजना रहेको छ ।
सहकारी मार्फत सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ क्रियाशिल आदर्श सञ्चार सहकारीद्वारा सञ्चालित आदर्श सचार अनलाइनको सेवा विस्तार गरी गण्डकी प्रदेशको राजधानी पोखराबाट समेत सञ्चालन गर्ने, विषय, कार्यक्षेत्र मिल्ने सहकारी संस्थाहरुसंग एकीकरण गरी पर्वत र म्याग्दीमा सेवा केन्द्र सञ्चालन गर्ने, आफ्नै सुविधा सम्पन्न भवनबाट पत्रपत्रिका, टेलिभिजन, एफएम, अनलाइन, यूट्युव च्यानल लगायतका सञ्चार माध्यम सञ्चालन गर्ने रणनीतिक योजनामा समावेश गरिएको संस्थाका कार्यकारी सम्पादक दिल शिरिषले जानकारी दिनुभयो ।
संस्थाले २०८० साल असार समान्त सम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ८० करोड बचत, ७५ करोड कर्जा लगानी, २ करोड जगेडा कोष र कुल सम्पत्ती १ अर्ब पु¥याउने लक्ष्य संस्थाले लिएको कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनु भएको छ ।

हाल संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २५ करोड बचत र २४ करोड कर्जा लगानी रहेको छ ।
संस्थाले सूचना र सञ्चार तथा वित्तीय सेवाका साथै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र आगामी दिनमा थप सक्रियताका साथ सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशिल जनाएको छ ।

संस्थाले विगतमा सञ्चालन गर्दै आएका विद्यालयमा सहकारी शिक्षा, महिलाहरुका लागि प्याड बनाउने तालिम, दुव्र्यसनी विरुद्ध आमाहरु लगायतका प्रभावकारी कार्यक्रमहरुलाई निरन्तरता दिंदै आगामी दिनमा थप नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना बनाएको संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्काले बताउनुभयो ।

गोष्ठीमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सीले संस्थाको विगत र वर्तमान अवस्था, आगामी योजना तथा रणनीतिक योजनाका विषयमा सहजीकरण गर्नु भएको थियो ।
६ समुहमा छलफल गरी संस्थाको आगामी रणनीतिक योजनालाई परिमार्जन गर्ने गरी गोष्ठी सम्पन्न भएको सचिव ललिता थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र महतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका सल्लाहकार डिलबहादुर कार्की, सह–सचिव सरस्वती खड्का परियार, सञ्चालक खिम बहादुर केसी, सञ्चालक कमल लामिछाने, लेखा सुपरिवेक्षण समितिका सदस्य राधाकृष्ण ज्ञवाली र प्रकाशन उपसमितीका सदस्य राम थापा अविरलले समुह छलफलका निष्कर्ष बारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जि.सीको अध्यक्षता, उपाध्यक्ष अनन्तरबहादुर खड्काको स्वागत र प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
समिक्षा गोष्ठीमा संस्थाका सञ्चालक, सल्लाहकार, उपसमितिका सदस्यहरु र कर्मचारीहरु सहित ५० जनाको सहभागिता रहेको थियो ।

IME Lifesidebar
kumari