stcnepal long ad
himalayan life insurance long ad

रास्वपाका सभपति रवि लामिछाने आज सहकारी छानबिन विशेष समितिमा बयान दिन जाने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का  सभापति  रवि  लामिछानेलाई  सोधपुछका  लागि  आज बोलाएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई आज दिनको २ बजेका लागि सोधपुछ गर्न बोलाइएको समितिले जनाएको छ । लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक हुन् ।

समितिले आजै गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाएको छ । जोशीलाई आज बिहान ११ बजे सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ ।