citizens life insurance long ad
stcnepal long ad

सरकारले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा एमएसओहरुलाईधन्यवाद

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा  विदेशी च्यानल वितरण मल्टि सिष्टम अपरेटर
(एमएसओ) हरुलाई धन्यवाद दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको हो ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ (‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवा प्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’

मन्त्रालयले आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचार संहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

IME Life
kumari