sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

राजनीतिक परिवर्तनमा बिचौलिया सकृय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जसपा र जनमत पार्टीको गठबन्धनबाट बनेको पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर गत २०८१ असार २८ गते गठन भएको नेपाली कांग्रेस, नेकपा (एमाले),जसपा र लोसपा गठबन्धनको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिनिधि सभामा गत साउन ६ गते करिव दुई तिहाई विश्वासको मत परेको थियो।

गत साउन ६ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनु भएको थियो। ओली सरकारका पक्षमा १८८ मत, विपक्षमा ७४ मत र तटष्ठमा एक मत परेको थियो। सरकारलाई कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टीले मत दिएका थिएभने विपक्षमा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एस) लगायतका दलहरूले मत दिएको थियो।

नेपाल मजदुर किसान पार्टी तटस्थ रहेको थियो। सरकारका पक्षमा दुई तिहाई भन्दा बढी मत परेकाले ओली सरकारलाई संसदमा ऐन पारित गर्न र सरकार सञ्चालनमा सहज हुने भएको छ।यसरी सरकारलाई दुई तिहाई भन्दा बढी मत परेकाले अब सरकारका पक्षमा संविधान संशोधन गर्न सक्ने सांसद संख्या पुगेको छ।

तर संविधान संशोधन राजनीतिक सहमति बनाइ संविधान संशोधनको विधेयक यो सरकारले नगरि आगामी दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा बन्ने सरकारले गर्ने राजनीतिक तथा कुटनैतिक विश्लेषक उमाकान्त गिरी बताउछन।

अहिले राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) र माधव कुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) निर्णायक शक्तिका रूपमा रहेकाले आगामी २०८२ माघमा राष्ट्रिय सभाको चुनाव भएपछि कांग्रेस र एमालेको सिट संख्या बढाएर मात्र संविधान संशोधनको राष्ट्रिय सहमति खोजिने राजनीतिक विश्लेषक गिरी बताउछन।

यो सत्ता गठबन्धनले संविधान संशोधन गर्ने सहित सात बुँदे सहमति गरेको कुरा पनि प्रधानमन्त्री ओलीले संसदमा स्पष्ट राखेका थिए। प्रचण्ड सरकार विरूद्व गत असार १७ गते मध्यराती कांग्रेस र एमालेले नयाँ सत्तागठबन्धन गरि नयाँ सरकार बनाउने हात्तिगौडामा सात बुँदे सहमति गरेका थिए।

त्यही सहमति अनुसार गत असार २८ गते प्रचण्ड सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिएको थियो तर प्रचण्ड सरकारका पक्षमा ६३ मत मात्र पर्दा प्रचण्ड सरकार ढलेको थियो।

भारत, अमेरिका र चीनका पक्षमा नेपाली भूमि प्रयोग गर्न वातावरण बनाइरहेका बेला प्रचण्ड सरकार ढाल्न विभिन्न शक्तिकेन्द्रहरू लागेको रहस्य अहिले खुल्दै गएको छ।

भारतले पत्याएका र अति विश्वासपात्र छविका अन्तराष्ट्रिय राजनीतिक र कुटनैतिक विश्लेषक उमाकान्त गिरी प्रचण्ड सरकार ढाल्न त्यसबेला निकै सक्रिय भएका थिए।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा नयाँ राजनीतिक गठबन्धनभई एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय सरकार बनेको राजनीतिक वृत्तमा चर्चा छ।

एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा गत असार ११ गते एउटा उच्चस्तरीय अढाई दर्जनको जम्बो टोली नेपालमा सार्वजनिक जानकारी नदिइ गोप्य रूपमा चीन भ्रमणमा गएको सुईको गिरीले पाएका थिए।

सो कुरा गिरीले भारतिय दुतावासमा जानकारी दिएको र त्यस लगत्तै गिरीले नयाँवानेश्वरको एभरेष्ट होटलमा एमाले अध्यक्ष ओलीसँग एक घण्टा गोप्य वार्ता गरेका थिए। त्यसपछि चीनले नेपाललाई दिने बीआरआई ऋण सहयोग परियोजनामा नेपाल सरकारले हस्ताक्षर नगर्ने बताएको थियो।

त्यसबेला भारत र अमेरिकाले तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएर बिआरआईलाई रोकेको राजनीतिक वृत्तमा चर्चा छ।

त्यही बाह्य दबाबको कारण प्रचण्डले बिआरआई परियोजनामा एडिबी र विश्व बैंकको भन्दा महंगो ब्याजदरमा नेपालले ऋण नलिने बताएका थिए।

गिरी र ओलीबीचको गोप्य वार्ता भएको भोलीपल्ट गत असार १५ गते नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नी डा. आरजु राणा सहित ओली निवास बालकोट पुगेर दही चिउरा खादै प्रचण्ड सरकार ढालेर ओलीको नेतृत्वमा एमाले–कांग्रेस गठबन्धनको नयाँ सरकार बनाउने मौखिक सहमति गरेका थिए।

त्यही साँझ भारतीय राजदुतसँग गिरी बुढानिलकण्ठ पुगेको स्रोतहरूले बताएका छन। त्यसपछि नै प्रचण्ड सरकार ढालेर कांग्रेस–एमालेको नयाँ राजनीतिक गठबन्धन बनेर नयाँ सरकार निर्माण भएको थियो। यो गठबन्धन बनाउन भारत र अमेरिकाले भित्रि रूपमा चलखेल गरेको राजनीतिक वृत्तमा चर्चा छ।

प्रचण्ड सरकारलाई भारतले समर्थन नगर्ने संकेत पाएपछि गिरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा प्रचण्डसँग दिल्ली जान मानेका थिएनन। भारतले प्रचण्डलाई सत्ताबाट हटाउन खोजेर पुराना लोकतान्त्रिक राजनीतिक शक्ति कांग्रेस–एमालेको गठबन्धनमा सरकार बनाउन भित्रभित्रै तयारी गराउन चाहेको भएपनि प्रचण्डको भारत भ्रमणका क्रमममा भने भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भने एमालेलाई गठबन्धनबाट हटाएर कांग्रेसलाई सत्तामा भित्राउन सुझाव दिएका थिए।

डोभालको त्यही सुझावलाई कार्यान्वयन गर्न प्रचण्डले नेपाल आएपछि विस्तृत शान्ति प्रकृयालाई टुंगोमा पुराउन द्वन्दकालिन मानव अधिकार उल्लंघन र वेपत्ताका घटनाको टिओआरमा सहमति खोज्ने भन्दै बारम्बार कांग्रेस सभापति देउवालाई भेटि सरकारमा आउन कांग्रेसलाई आग्रह गरेका थिए।

तर प्रचण्डले गत २०८० फागुन २१ मा देउवालाई विना कारण धोका दिएर एमालेसँग मिल्न गएकाले देउवाले माओवादी केन्द्रसँग नयाँ सत्तागठबन्धनका विषयमा कुराकानी गर्न नै मानेका थिएनन।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरूसँग राजनीतिक विश्लेषक गिरीले गत असार महिनामै नयाँ गठबन्धन बन्ने र प्रधानमन्त्री प्रचण्डको सरकार ढल्ने बताउदै आएका थिए,तर तत्काल राजनीतिक विश्लषक गिरीको त्यो कुरालाई रास्वपाका अनुभवहिन, कोरा कथित युवा नेताहरूले पत्याएका थिएनन।

एमाले र कांग्रेस बीचमा गठबन्धन भएर ओलीको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार बनेपछि रास्वपाका स्वाँठ युवा नेताहरूले गिरीसँग भावी राजनीतिक सिनारियोका विषयमा कुराकानी गर्न खोजेपनि राजनीतिक विश्लेषक गिरीले भेटन इन्कार गरेको रास्वपा केन्द्रीय समिति उच्च स्रोतले बताएको छ।

कुन राजनीतिक पार्टीका कुन नेता शक्तिशाली छन,कुन नेताको भविष्य राम्रो छ,उसँगमात्र गिरीले सम्पर्क गर्छन,राजनीतिक र कुटनैतिक सल्लाह दिन्छन,अन्य नेताहरूसँग गिरीले खासै सम्पर्क गर्न चाहादैनन। अति साधारण लुवाईखुवाई,बसाइ र हिडाइमा देखिने रहस्यमय छवि र छुपेरूस्तम गिरी भित्रभित्रै राजनीतिक र कुटनैतिक खेलाडी मानिन्छन।

उनले चीनसँग नजिक मानिएकी पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसँग पनि असार तेस्रो साता भेट वार्ता गरेका थिए। पुर्व राष्ट्रपति भण्डारी गत असार १४ गते चीन भ्रमणमा जाने कार्यक्रम थियो,तर उनको भ्रमण अकस्मात स्थगित हुन पुगेको थियो।

उनी नगएपछि एमालेले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा अढाई दर्जनको टोली चीन पठाएको थियो। चीनले नेपालमा बामपन्थी दलहरूलाई एकता गराएर कम्युनिष्ठहरूको सरकार बनाउन चाहाना राख्दै आएको छ।

भारतीय राजदुत र भारतका नेपाल स्थित खुफिया एजेन्सीका पुर्व प्रमुख भट्टनायक र गत असार २७ गतेदेखि जिम्मेवारी सम्हालेका प्रमुख शर्मासँग पनि गिरीको विशेष सम्बन्ध रहेको देखिन्छ।

झापाका गिरी ‘गिरीबन्धु टि स्टेट’ का मालिक छत्र गिरीका आफन्त पर्छन। यिनै गिरीले गिरीबन्धु टि स्टेटको ४९१ बिगाहा जमिन झापाको तल्लो क्षेत्रमा जमिन खरिद गरेर सट्टापट्टा गरि विर्तामोडमा व्यवस्थित र आधुनिक शहर बसाउनु पर्छ भनेर छत्र गिरीलाई २०५५ सालदेखि नै सल्लाह दिदै आएका थिए।

उनकै सल्लाहमा छत्र गिरीले निकैपछि मात्र एमाले,कांग्रेसका झापाका नेताहरूसँग सल्लाहगरि जग्गा सट्टापट्टा गर्ने फाइल अगाडि बढाएका थिए। झापाको चिया बगान मालिक छत्र गिरीसँग घर जग्गा व्यवसायी दिपक मल्होत्रालाई भेटाउने काम पनि यीनै उमाकान्त गिरीले गराएको बताइन्छ।

विर्तामोडको अति मुल्यमान जग्गा सट्टापट्टा गराउन मिल्ने गरि कसैले थाहा नपाउने गरि सुटुक्क अध्यादेश ल्याएर घुसाउने कामको आइडिया प्रचण्डलाई दिएका थिए।

प्रचण्ड सरकारले गत २०८१ बैशाख १६ गतेदेखि १७ गते सोल्टी होटलमा भएको तेस्रो लगानी सम्मेलन अगाडि मालपोत ऐन संशोधन अध्यादेश ल्याएर कानुनी प्रकृया फत्ते पार्ने काममा यिनै गिरीको सल्लाह बमोजिम भएको समाचार स्रोतले दाबी गरेको छ।

gold
prabhu bank
nawakantipur long