stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रेस संगठन नेपालको ध्यानाकर्षण !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरीरहेको समाचारप्रति आज असार २५ गते प्रेस संगठन नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।

पत्रकारिताको न्युनतम् मुल्यमान्यता समेत पालना नगरी प्रसारण गरिएको यस प्रकारको तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन, सभ्य समाजको निम्ती पनि लज्जाको बिषय हो प्रेस संगठनका संयाेजक महेश्वर दाहाल र सहसंयाेजक गणेश वस्नेतद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

यसप्रकारको समाचारको प्रसारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेको प्रेस संगठन, नेपालको ठहर रहेको छ । हामी भारतीय सञ्चार माध्यमको यसप्रकारको मर्यादाहिन र अनर्गल प्रचारप्रति खेद व्यक्त गर्दै भत्सर्ना गर्दछौं विज्ञाप्ति भनिएकाे छ ।

दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने यस्ता सामाचारको खण्डन गर्दै प्रसारण रोक्नका निम्ती कुटनीतिक कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं विज्ञाप्तिमा भनिएकाे छ ।

prabhu mahalaxmi
kumari