stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपिओमा पहिलो दिनमा नै ५० लाख कित्ताको लागि आवेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सले आजदेखि खुल्ला गरेको आईपिओमा पहिलो दिनमा नै माग भन्दा झण्डै दोब्बर आवेदन परेको छ ।

३० लाख कित्ताको लागि आवेदन माग गरेकोमा माग भन्दा भण्डै दोब्बर अर्थात ५० लाख कित्ताको लागि आवेदन आजै अपरान्ह पाँच बजेसम्म परिसकेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

बिहिबार साँझसम्ममा कूल एक लाख लाख २९ हजार बढी लगानीकर्ताले आवेदन भरेका छन् । अजोडको आईपिओमा करिब चार लाख आवेदकले आवेदन दिने अनुमान गरिएको छ ।

यही असार २९ गतेसम्म आवेदन पाइने अजोडमा न्यूनतम १० देखि अधिकतम ५० कित्ता भन्दा बढि कित्तामा आवेदन दिएको कम्पनीले जनाएको छ ।

कर्मचारी बाहेक सर्वसाधारणको लागि छुट्टाएको २७ लाख ३० हजार कित्ताको लागि आबेदन खुला गरिएकाले २ लाख ७३ हजार जनाले मात्र पाउने भएकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँड हुने अनुमान गरिएको छ ।

prabhu mahalaxmi
kumari