sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्दको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले सोमबार अदालतमा रिट हालेका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत शुक्रबाट अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेका थिए ।

समितिले छनौट प्रक्रिया रद्द गर्नु कानुनसंगत नभएकाले त्यसलाई यथास्थानमा रहन दिई प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै श्रेष्ठले रिट दायर गरेका हुन् ।

धितोपत्र ऐनमा कम्तिमा तीन जना सिफारिस गर्नु पर्ने व्यवस्था छ । सिफारिस समितिले सर्ट लिष्ट गरेका पाँचजनामध्ये दुई जनामात्र कार्ययोजना प्रस्तुति तथा अन्तरवार्तामा सामेल भएपछि गत शुक्रबार प्रक्रिया रद्द भएको थियो ।

gold
prabhu bank
nawakantipur long