citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ललितपुर महानगरद्वारा प्रस्तावित वार्षिक बजेट पारित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

ललितपुर । ललितपुर महानगरपालिकाको नगर सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ ।

यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक आजको नगरसभाको बैठकले सर्वसम्मतिले पारित भएको प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिए । महानगरले रु. सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो ।

“वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ संघीय सरकारबाट रु. एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु. २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट रु. तीन अर्ब ५५ करोड ९६ लाख संकलन हुने अनुमान गरिएको छ”, प्रवक्ता महर्जनले भने ।

प्रवक्ता महर्जनका अनुसार चालु खर्चतर्फ रु. दुई अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । यस वर्षको वार्षिक बजेटमा वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी गराए ।

“चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गर्‍यौँ, नगरसभामा घनिभूत छलफलपछि  नगरसभाका  सदस्यहरूले  राखेको केही संशोधन सहित बजेट पारित भयो, वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ, शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ, ज्येष्ठ नागरिक र बालबालिका समेतलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख महर्जनले भने ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका साथै पोखरीको संरक्षण गर्दै सहरी सौन्दर्यता कायम राख्ने कुरालाई महानगरले विगतका वर्षदेखि नै प्राथमिकतामा राख्दै आएको छ ।

himalayan life insurance
igi long