citizens life insurance long ad
stcnepal long ad

नेपाली ल्याउन र लिन जान आज ११ अन्तर्राष्ट्रिय उडान हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडान मार्फत नेपाली फर्कने उडान तालिका रहेका छ । यूएई र कतारको दोहाबाट केही समय अघि नेपाली लिएर आएको जहाज काठमाडौंमा अवतरण गरेको छ ।

कतारको दोहाबाट मात्रै आज तीन उडान मार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ ।

आज बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् । हिमालय एअरलाइन्स मार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् । आज साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् ।

IME Life
kumari