citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

निगरानीपछि बढ्यो पशुपतिको भेटी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।

कोषका सदस्य सचिव डा। मिलनकुमार थापाका अनुसार भेटी चोरीको गिरोहलाई प्रहरीमा बुझाएपछि र सिसिटिभीमार्फत निगरानी बढाउँदा यस वर्षको सर्वाधिकसहित जेठ १ देखि २२ गतेसम्ममै एक करोड पाँच लाख नौ हजार १६७ रुपियाँ भेटी सङ्कलन भएको छ ।

यसअघि वैशाख १ देखि ३१ गतेसम्ममा एक करोड १२ लाख पाँच हजार ७३२ रुपियाँ सङ्कलन भएको छ । उहाँले जेठ २० गते दुई महिनायताकै सर्वाधिक सात लाख सात हजार ३१६ रुपियाँ भेटी सङ्कलन भएको बताउनुभयो । उहाँले सङ्कलित भेटी मन्दिर परिसरबाटै मुचुल्का गरेर नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कमा जम्मा गरिने बताउनुभयो ।

डा। थापाले भन्नुभयो, “भगवान् पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले आस्थाले चढाएको भेटी चोरी गर्ने गिरोह नै पहिल्यैदेखि सक्रिय रहेछ ।

भेटी चोरी हुने गुनासो आएपछि हामीले उच्च प्राथमिकताका साथ निगरानी ग¥यौँ । सिसिटिभी निगरानी गरेर रङ्गेहात नियन्त्रणमा लिई प्रहरीमा बुझाएपछि अनुपातिक रूपमा भेटी सङ्कलनमा वृद्धि भएको छ ।”

जेठ ८ गते कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारलाई महानगरीय प्रहरी वृत्त गौशालाले काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

मुख्य आरोपीमाथि भएन छानबिन

गौशाला प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएका पाँचै जनामाथि अनुसन्धान भइरहेको बताउनुभयो ।

नासु ढोडारीको घरबाटै छ लाख रुपियाँ बरामद भएपछि प्रहरीले अझै सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाएको छ । तर भेटी चोरी गर्ने कार्यका लागि कर्मचारी नै खटाउने भनी पोलिएका कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीसँग प्रहरीले बयान लिएको छैन ।

संस्कृति संरक्षण महाशाखाका नासु ढोडारी, ब्राह्मण घिमिरेसहित बाजा बजाउने कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको छ । डिएसपी थेबेले भन्नुभयो, “आवश्यक परे जसलाई पनि बोलाउँछौँ ।”

२०८० जेठ १६ गते वर्षायाम सुरु भएपछि कोषले भेटी अलपत्र हुने भएकाले संस्कृति संरक्षण महाशाखाका कर्मचारीलाई पूर्ण रूपले गणना गर्नेलाई १५ दिनको र अतिरिक्त समयमा काम गर्नेलाई

१० दिनको तलब सुविधा दिने गरी

खटाएको थियो । तर कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूहरूले कामलाई निरन्तरता दिएको बयान बाजा बजाउने कर्मचारी अनिलको थियो । पक्राउ पर्नासाथ त्यस्तो बयान सार्वजनिक भए पनि प्रहरीले कोषाध्यक्ष सुवेदीलाई बोलाएको छैन ।

पक्राउ परेका अभियुक्तको बयान अनुसार पाँच सय र एक हजार दरका गरी दैनिक १५ हजार रुपियाँसम्म लाने र नासु ढोडारीलाई बुझाउने गरिएको थियो ।

कोषाध्यक्ष सुवेदीले भेटी चोरीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “मेरो नाम आयो तर भेटी चोरीमा मेरो संलग्नता छैन ।

त्यहाँ के के भएको मलाई थाहै छैन ।” नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय निर्वाचन आयोग सदस्य सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेले कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो ।

सदस्य सचिव डा. थापाले पशुपतिनाथ, बासुकी र हनुमान मन्दिरबाट दानभेटी, चन्दन वितरणको दानभेटी, बुढानीलकण्ठको भेटी, नवग्रहको भेटीसहितका शीर्षकमा दैनिक भेटी सङ्कलन हुने बताउनुभयो ।

उहाँले पशुपतिनाथ मन्दिरमा प्रविधि एवं सिसिटिभीको प्रयोग गरी जुनसुकै छिद्रबाट हुने चोरी पनि नियन्त्रण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आस्थाको केन्द्रप्रति जनविश्वास अभिवृद्धि गर्नकै लागि हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा सुधारका कार्यक्रम गरिरहेका छौँ । अब यस्ता प्रवृत्ति पूर्णतः निषेध गरिने छ ।”

gold
himalayan life insurance long ad