citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राजा वीरेन्द्रको २३औं स्मृति सभा सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्व.राजा वीरेन्द्रको २३औं स्मृति सभा सम्पन्न भएको छ । राजा वीरेन्द्रको २३औं स्मृतिमा स्व.राजा वीरेन्द्र शान्ति प्रतिष्ठानलले शनिबार जवलाखेल स्थित शालिकम माल्र्यापणसहित विभिन्न कार्यक्रम गरि सभा सम्पन्न गरेको हो ।

राजा बीरेन्द्रको शान्ति अभियान र महत्वपूर्ण कार्यहरुलाई अगाडि बढाउने उद्वेश्यका साथ स्थापित प्रतिष्ठानले २०७२ सालदेखि देशमा शान्ति र अमनचयनको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले प्रत्येक स्मृति दिवस र जन्मजयन्तिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष शिबहरि खनालले राजा वीरेन्द्रको २३औं स्मृतिमा वीरेन्द्रको शालिकमा माल्र्यापण गर्दै वि.स. २०५८ जेठ १९ गतेलाई नेपाली इतिहासको कालो दिनको रुपमा स्मरण गरे ।

खनालले यसै दिन राति राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या लगायत राजपरिवारका सदस्यहरुको एकै ठाउँमा हत्या भएको र त्यस घटना सम्झिँदा आज पनि सबैलाई पीडादायी हुने बताए ।

दरवार हत्यकाण्ड आज २३ वर्ष पूरा हुँदा पनि अझै गुपचुम र रहस्यमयी नै हुनु बिडम्बना भएको बताए । उनले हत्यारा पत्तालगाई सत्य तथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन पनि राज्यसँग माग गरे ।

यस्तै प्रतिष्ठानका सचिव रञ्जित धमलाले शालिकम माल्र्यापण गर्दै राष्ट्रप्रेमी राजा वीरेन्द्रको शान्ति अभियमन र राष्ट्रप्रतिको योगदानलाई हामीले कहिल्यै भुल्न नहुने बताए ।

सम्मानित राजा वीरेन्द्र सबै नेपालीको हृदयमा स्मरणीय रहेको बताउँदै उनले यस्ता शान्ति र राष्ट्रप्रेमी राजा वीरेन्द्रको वंश नास गर्ने गरि गरिएको हत्याकाण्ड गम्भिर षडयन्त्रपूर्ण घटना भएको बताए ।

उनले प्रत्येक नेपालीको आस्थाको केन्द्र, शान्तिका दुत राजा विरेन्द्रलाई राष्ट्रले उच्च सम्मान गर्दै राज्यले राजा वीरेन्द्रको नामामा राजमार्ग, अस्पताल बनाउनु पर्नेमा जोडदिए ।

प्रतिष्ठानको उपाध्यक्ष बिनोदप्रसाद आचार्यले राजा वीरेन्द्रले नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्व शान्तिको लागि गरेको योगदान, समृद्ध नेपाल निर्माणको लागि गरेको त्यागलाई राज्यले उच्च कदर गर्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष मधुकर शम्शेर जबरा, सल्लाहाकार भाईराजा पाण्डे, बलराम गौतम, पूर्व सांसद नानीमैया दाहाल, खेलाडी कृष्णभक्त न्यौपाने, समाजसेवी टपबहादुर थापा, लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

वि.स. २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेष्ठ १९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत राजपरिवारका सदस्यहरुको हत्या भएको थियो ।

himalayan life insurance
igi long