citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिजो नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ ।

दुवै ठाउँको तापक्रम यसवर्षकै सबैभन्दा धेरै हो । यसअघि यसवर्षको उच्च तापक्रम वैशाख ८ गते भैरहवामा ४३ दशमलव ६ डिग्री मापन भएको थियो ।

देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । हिजो वीरेन्द्रनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस, घोराहीको ४० दशमलव २ डिग्री सेल्सियस, भैरहवाको ३९ दशमलव ४ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

काठमाण्डौ र पोखराको तापक्रम पनि बढेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३४ दशमलव ४ र पोखराको ३४ डिग्री सेल्सियससम्म मापन भएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ ।

यसैबीच हिजो काठमाण्डौ उपत्यका सहित बाग्मती, कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको थियो ।

नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीको प्रभाव रहेकाले अझै केही दिन मेघगर्जन र चट्याङसहित विभिन्न भागमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

himalayan life insurance
igi long