citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सञ्‍चार तथा सूचना क्षेत्रमा ७ अर्ब ३५ करोड बजेट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  सञ्‍चार तथा  सूचना प्रविधि मन्त्रालयको  लागि ७ अर्ब ३५  करोड  विनियोजन  गरिएको छ । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै ७ अर्ब ३५ करोडको बजेट विनियोजन गरेका हुन् ।

नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताएका छन् ।

आमसञ्‍चार क्षेत्रलाई निष्पक्ष, समावेशी, व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै सार्वजनिक महत्त्वको समाचार समयमै सत्य, तथ्य र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइनेछ। लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्‍चारग्राम स्थापना गरिने जनाएको छ ।

सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालीमको अवसर उपलब्ध गराइनेछ। सामाजिक सञ्‍जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइने छ।

डिजिटल प्लेटफर्म मार्फत गरिने विज्ञापन नियमन गरिनेछ। विज्ञापन क्षेत्रलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गरिनेछ। सञ्‍चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको बताएका छन् ।

हुलाक सेवालाई पुनर्संरचना गरी विद्युतीय व्यापारको हवको रूपमा विकास गरिने छ। काभ्रेपलाञ्‍चोकको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य शुरू गरिने बताइएको छ । दोलखा  चलचित्र नगरीलाई  सार्वजनिक–निजी  साझेदारीमा  निर्माण  कार्य अगाडि बढाइने जनाएको छ ।

himalayan life insurance
igi long