citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौं उपत्यका सहित देशका केही ठाउँमा बिहानैदेखि वर्षा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘रेमल’को अप्रत्यक्ष प्रभावका कारण बाग्मती र गण्डकी प्रदेशमा थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै गण्डकीको नवलपुरमा ८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाकाअनुसार बिहान कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेश र कर्णाली प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाकाअनुसार राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही ठाउँमा तथा बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबीच, कोशी, मधेश, गण्डकी प्रदेश लगायत पहाडी भू–भागमा बदली र वर्षा हुँदा केही शीतल अनुभव भए पनि सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने गर्मी हुन सक्ने महाशाखाले जनाएको छ ।

himalayan life insurance
igi long