stcnepal long ad
Himalayan bank
national life

कपनका नीशा सुनुवार ‘सिल्की हेयर एण्ड स्मूथ राइड’को बाइक विजेता बनिन्

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको कपन निवासी नीशा सुनुवार ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ को यामाहा फेसिनो बाइक विजेता बनेकी छन् ।

डिपार्टमेन्टल स्टोर भाटभटेनीले लिभोनको साथमा मिलेर सञ्चालन गरेको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ योजना अन्तर्गतको कुपन नम्बर ३३४० बाट उनी विजेता घोषणा भएकी हुन् ।

आइतबार आयोजित विजेता घोषणा कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरु मध्येबाट ३३४० नम्बरको कुपनबाट नीशा सुनुवारलाई विजेता घोषणा गरेकी हुन् । त्यस्तै, अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

एक जिम्मेवार एवं उत्तरदायी संस्था भएकाले लिभोन र भाटभटेनी दुवैले बाँकी अवधिमा प्रतियोगिता सञ्चालनको दौरानमा सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

लिभोन, जुन मेरिकोको एक स्थापित ब्राण्ड हो, यस ब्राण्डले केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल भएको छ । यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराउँदै आएको छ ।

kumari bank
kumari
nawakantipur long