stcnepal long ad
national life

सोमबारदेखि नेपाल–चीन रसुवागढी नाका सञ्चालनमा आउने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल(चीन रसुवागढी नाका भोली सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।

दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४ बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ ।

नेपाल तर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुने र त्यसका लागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चीनतर्फ पठाइएका सबैको कोरोना परिक्षण गरिएको र उनीहरुको पिसीआर नतिजा नेगेटिभ छ । चीन गएकाहरु चीनीयाँको सम्पर्कमा नरहने र होटल क्वरीन्टीनमा बसेर काम गर्ने सहमती भएको छ ।

मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याईने भन्सार कार्यालयले जनाएको छ । व्यवसायीहरु चीन तर्फ जान नपाउने र रसुवागढीसम्म जानकालागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

gold
kumari bank
kumari
nawakantipur long