साउन ११ गते रिलायबल लाइफ इन्स्योरेन्सको साधारण सभा
काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन ११ गते साउन ११ गते डाकेको छ । कम्पनीको दोस्रो साधारण सभा होटल मेरियट नक्सालमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीको उद्देश्य थप गर्ने विशेष प्रस्ताव छ । सञ्चालक समितिको व्यवस्थामा परिवर्तन, गणपूरक संख्या, सञ्चालकहरुको सुविधा लगायतका विषयमा सञ्चालक समितिको निर्णय बमोजिम प्रवन्ध पत्र तथा नियमावलीका दफा संशोधन गर्ने एजेन्डा छ ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७५–७६ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै न्यूनतम सुरक्षाका उपायहरु अपाइने कम्पनीले जनाएको छ ।
रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरिरहेको छ ।



























