sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिएकी छन् ।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै उनले डिजिटाइजेसन अहिलेको आवश्यकता रहेको बताएकी हुन् ।

उनले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन् । ‘परिषद्लाई अझ राम्रो बनाउन मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ,’ मन्त्री चौधरीले भनिन्, ‘हामीले परिषद्लाई डिजिटाइजेसनमा लैजाने भनेका छौँ । त्यसका निम्ति भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ, त्यसलाई अगाडि बढाउनुस् ।’

समाज कल्याण परिषद्लाई प्रादेशिक संरचनामा लैजान जरुरी रहेको उनले बताइन् । कर्मचारीको वृत्तिविकास तथा कार्यसम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । कर्मचारीको वृत्तिविकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउनसमेत उनले निर्देशन दिइन् ।

पदीय जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले अरूले के गरे भनेर खोतल्दा आफ्नो काम, कर्तव्य र दायित्व नबिर्सन आग्रह गरिन् ।

यसैगरी समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले संस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने धारणा राखे ।

परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले गर्ने कामहरू निकै संवेदनशील भएकाले हाम्रो देशका निम्ति कुन उद्देश्यले कसरी पैसा आइरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए ।

gold
kumari bank
nawakantipur long