citizens life insurance long ad
stcnepal long ad

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक यातायात सञ्चालन सम्बन्धी कुनै निर्णय नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्पष्ट पारेको छ । यही असार आज २१ गते आजदेखि सार्वजनिक सवारी साधन सञ्चालन हुने भनी केही सञ्चार माध्यमले प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्ति मार्फत जनाएको छ ।

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइ नसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख  गरिएको छ । सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन महासङ्घले सरकारलाई अनुरोध समेत गरेको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ ।

महासङ्घ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

IME Life
kumari