stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आगामी आर्थिक वर्षदेखि किशोरीलाई एचपीभी खोप नियमित लगाइँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आगामी चालू आर्थिक वर्षदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) नियमित हुने भएको छ। सरकारले चालू आर्थिक वर्षदेखि यो खोप कार्यक्रम नियमित सञ्चालन गर्ने लक्ष्य सहित वार्षिक कार्यक्रममा राखे पनि खोप नपाउँदा सञ्चालन हुन सकेको थिएन।

खोप आपूर्ति गर्ने अन्ताराष्ट्रिय खोप अभियान संस्था (गाभी) ले आगामी वर्षदेखि आवश्यक खोप दिने प्रतिबद्धतापत्र पठाएपछि यो खोप नियमित हुने देखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लाल कर्णले बताए।

महाशाखा प्रमुख डा। कर्णले भने‚ ‘गाभीले हामीलाई अब सीमितलाई आवश्यक पर्ने जति खोप पठाउँछौँ भनेर केही दिनअघि प्रतिबद्धतापत्र पठाइसकेको छ। प्रतिबद्धतापत्र आएपछि खोप अभियानका लागि लाग्ने आवश्यक बजेटका लागि नयाँ बजेटमा प्रस्ताव गरी हामीले मन्त्रालयमा पनि पठाइसकेका छौँ। त्यसैले आगामी आवदेखि यो खोप नियमित खोप अन्तर्गत १० देखि १४ वर्षका किशोरीलाई दिन्छौँ।’

तर एकैपटक पठाउने या किस्ता–किस्तामा पठाउने भन्नेमा पत्रमा स्पष्ट उल्लेख नगरिएको डा. कर्णले बताए। यद्यपि नयाँ आवभित्र सबै किशोरीलाई पुग्ने गरी नै खोप आउने गाभीको पत्रबाट बुझिएको उनले जानकारी दिए।

आगामी वर्षदेखि चरण–चरणमा अभियानको रूपमा खोप दिइने र त्यसपछिका वर्षमा १० देखि १४ वर्षभित्रका किशोरीले नियमित लगाउने गरी सरकारले व्यवस्थापन गर्ने डा. कर्णले बताए। उनका अनुसार हरेक वर्ष १६ लाख किशोरीलाई यो खोप आवश्यक पर्ने अनुमान गरिएको छ।

यस अघिल्लो आव (२०७९/०८०) कै नीति तथा कार्यक्रममा उल्लेख भएको एचपीभी खोपको पहिलो मात्रा लगाउने कार्यक्रम पहिलो मात्रा लगाउने कार्यक्रम भने यो वर्ष लागू गरिएको थियो।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसो त अघिल्लो वर्षको बजेटबाट आएको २० हजार भाइल एचपीभी खोपको पहिलो मात्रा लगाउने कार्यक्रम २७ भदौदेखि सञ्चालन गरिएको थियो।

जसअनुसार मन्त्रालयले काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसहित देशभरका ६ वटा संघीय अस्पतालमा नमुनाको रूपमा यो कार्यक्रम सञ्चालन गरिएको थियो।

महाशाखा प्रमुख डा. कर्णले भने‚ ‘गाभीले हामीलाई आवश्यक खोप दिन्छौँ भनेको हो। त्यस अनुसार हामीलाई एक आर्थिक वर्षमा १६ लाख किशोरीलाई लगाउन साढे १६ लाख डोज खोप आवश्यक पर्ने अनुमान गरेका छौँ।

किनभने कहिलेकाहीँ खोप लगाउँदा लगाउँदै खेर जान सक्छ। यस्तो अवस्थामा लगाउनुपर्ने मात्राभन्दा अलिकति बढी खोप आवश्यक पर्छ।’

सरकारले चालू आर्थिक वर्षको गत भदौमा २० हजार भाइल एचपीभी खोप साढे ९ हजार किशोरीलाई लगाएको थियो।

यसअघि पनि स्वास्थ्य मन्त्रालयले सन् २०१५–०१६ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको कास्की र चितवनमा पाइलटिङ गरेको थियो।

तत्कालीन समयमा खोप कार्यक्रमलाई थप विस्तार गरेर लगिने सरकारले जनाएको थियो तर त्यसपछि लगातार यो कार्यक्रमले निरन्तरता पाएको थिएन।

तर अहिले (सन् २०२३) मा आएर नमुनाका रूपमा पुनस् संघीय अस्पतालहरूबाट यो खोप लगाउन शुरु गरिएको थियो।

नेपालको खोप कार्यक्रम सफलता हेरेर गाभीले एचपीभी खोप खोप दिन तयार भए पनि हरेक वर्ष बजेटमा प्राथमिकताका साथ यो खोप कार्यक्रमलाई राख्ने गरे पनि खोपको उपलब्धताका कारण पूरा हुन सकेको छैन।

यसले गर्दा सन् २०२४ सम्म देशभरका सबै किशोरीलाई वितरण गरिसक्ने गरी लिएको लक्ष्य त्यति सफल नहुने देखिएको छ।

हुनत हाल एचपीभी खोप नेपालमा निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि वितरण गर्दै आएका छन्। सरकारले सहजरूपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गरिरहेका छन्। जस कारण महिलाहरू उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य छन्।

prabhu mahalaxmi
kumari