citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम 

Nimb long ad
Prabhu Insurance Long Ad
global bank
काठमाडौं । नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि (Retail Pulse Duration) मा परिमार्जन गरिएको छ ।
यस अनुसार पहिले ३० सेकेन्डको  पल्स दर  कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट मिति २०८३/०५/२४ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम उक्त पल्स दर कायम गरिएको हो ।
अब सबै देशका दूरसञ्चार सेवा प्रदायकहरुमा इन्टरनेसनल एक्सेस कोड ००–१४२४–१४२५–१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
यस अघि मिति २०८२/११/०१ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशहरुमा यो पल्स दर पहिले देखि नै कायम थियो । अब बाँकी देशहरुमा समेत भोलि (२०८३ मंसिर ८) देखि नयाँ पल्स दर लागु हुनेछ ।
नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ ।
कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोड पश्चात सेवा प्रदायकको नम्बर डायल गर्नु पर्छ ।  विभिन्न देशमा कल गर्दा लाग्ने दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ ।
IME Life
kumari