sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधीरशमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “जहाजको दायाँ इन्जिनमा समस्या आएपछि पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्री (आइएआई)मा मर्मतसम्भार गर्न पठाइएको थियो ।

आइएआइले सम्झौता अनुसार जहाजको इन्जिनमा आएको समस्या समयमै समाधान नगरेको र त्यसको विकल्पका अर्को इन्जिनको व्यवस्था नगरेको विषयमा छानबिन समिति गठन गरिएको हो ।”

गठन भएको छानबिन समितिलाई १५् दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको जानकारी दिनुभयो ।

gold
kumari bank
nawakantipur long