stcnepal long ad
national life

नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स. १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो ।

उहाँकाअनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले पाँच करोड ५० लाख रुपियाँ रकम ठगी गरेको पाइएको छ ।

यो गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिव सात करोड ५० लाख रकम लिएको खुल्न आएको बताउनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा स्रोत नखुलेको ९८ लाख रुकमसहित दुई जनालाई पक्राउ गरेको बताउनुभयो ।

उहाँले काठमाडौँ महानगरपालिका ५ मालिगाउँ क्षेत्रमा मिलन बिकसमेतका केही व्यक्तिहरुलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताउनुभयो ।

उहाँले पक्राउ पर्नेमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बिक रहेको जानकारी दिनुभयो । उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ का रहेको उहाँको भनाइ छ ।

उनीहरुको साथबाट ९८ लाख स्रोत नखुलेको रकमसहित बा।१३ च। ४८५८ नम्बरको सवारी साधन बरामद भएको बताउनु भयो ।

gold
kumari bank
kumari
nawakantipur long