citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बक्यौता कर रकम दाखिला गर्न भन्दै ठुला करदाता कार्यालयले २५ करदाताको नाममा सूचना जारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । बक्यौता कर रकम दाखिला गर्न भन्दै ठुला करदाता कार्यालयले उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी गरेको छ ।

कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्यालयका अनुसार केही करदाताले पूरा कर दाखिला नगरेको र केहीले भने दाखिला नै नगरेको देखिएको छ ।

सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर  रकम दाखिला  गर्नुहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्नुहुन अनुरोध छ ।’
तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही हुने जनाइएको छ ।
सूचना हेर्नुहोस्

himalayan life insurance
igi long