citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

यस्तो रहनेछ शनिबारको मौसम

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। यसैगरी, राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली हुनेछ।

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने महाशाखाले जनाएको छ।

himalayan life insurance
igi long