stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख नेपाल भ्रमणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आउनुभएको छ ।

६ सदस्यीय टोलीको नेतृत्व गरी आउनुभएका आइजीपी कृष्ण मुर्ती समेतको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।

भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्ती सहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

विशेषत उहाँहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।

 

IME Lifesidebar
kumari