stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध किसानलाई ४३ करोड रुपियाँभन्दा बढी भुक्तानी गरेको छ ।

डिडिसीले अर्थ मन्त्रालयबाट सहुलियत ऋणमा पाएको ३० करोड र त्यसमा १३ करोड रुपियाँ थपेर किसानको बक्यौता रकम भुक्तानी गरेको डिडिसीका निमित्त महाप्रबन्धक राजेन्द्र अधिकारीले बताउनुभयो ।

डिडिसीले एक अर्ब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी थियो । त्यसमध्ये ४० करोड भुक्तानी गरिसकेपछि अझै एक अर्ब १० रुपियाँ बाँकी रहेको छ ।

डिडिसीले वैशाख लागेपछि काठमाडौँ वरिपरिका किसानलाई १३ करोड, विराटनगर वरपरका किसानलाई १० करोड, जनकपुरका वरपरको किसानलाई एक करोड, हेटौँडा वरपरका किसानलाई आठ करोड रुपियाँ, लुम्बिनी प्रदेशका किसानलाई चार करोड २५ लाख, नेपालगन्ज वरपरका किसानलाई दुई करोड ७५ लाख, धनगढी वरपरका किसानलाई एक करोड ५० लाख रुपियाँ भक्तानी गरेको डिडिसीले जनाएको छ ।

वैशाखदेखि मौज्दात रहेको दुग्धजन्य पदार्थ बिक्रीमा वृद्धि भएका कारण भुक्तानी गर्न सजिलो भएको बताउँदै उहाँले दुईरतीन महिनापछि किसानलाई नियमित भुक्तानी सुरु हुने बताउनुभयो ।

अहिले पुराना बक्यौता रकम भुक्तानी दिने काम सुरु भएको छ, जसरी बिक्री बढ्छ त्यसरी नै भुक्तानी गर्दै जाने उहाँले बताउनुभयो ।

prabhu mahalaxmi
kumari