stcnepal long ad
himalayan life insurance long ad

पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा ५० हजार धरौटी बुझाएर छुटे 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सामाजिक सञ्जालमा भ्रष्टाचार र अनियमितता विरुद्ध अभियान चलाइरहेका पूर्व सचिव भीम उपाध्यायलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धाको आइतबार सुनुवाइ गर्दै उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको हो ।

उपाध्याय मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर मुद्दाका प्रतिवादी थिए । उनी अमेरिका रहेको बेला नेपालमा मुद्धा दायर भएको थियो । अमेरिकाबाट आएपछि अदालतमा हाजिर भएका उनी आइतबार ५० हजार धरौटीमा छुटेका छन् ।

यस मुद्दामा अदालतमा उपस्थित हुने उनी दोस्रो प्रतिवादी हुन् । यसअघि रुद्रसिंह तामाङ पनि उपस्थित भइसकेका छन् । उनलाई पनि ५० हजार नै धरौटी माग गरिएको थियो ।

गत ६ फागुनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसमेत १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो।

उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो कायम गर्दै मुद्दा दायर भएको हो । उनी मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन् भने खानेपानी मन्त्रालयका सचिवसमेत रहिसकेका छन् । मेलम्चीमा झन्डै सात अर्ब रुपैयाँ अनियमितता भएको अख्तियारको दाबी छ ।

अख्तियारले मेलम्ची खानेपानी परियोजनामा करिब पौने ७ अर्ब भ्रष्टाचार भएको अभियोगमा १८ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तीन पूर्व सचिवसहित १५ जना व्यक्ति र तीनवटा कम्पनीविरुद्ध ६ अर्ब ७३ करोड बराबरको बिगो कामय गर्दै मुद्दा दायर गरेको भएको थियो ।

काठमाडौँ उपत्यकामा खानेपानी ल्याउने वर्षौंदेखि उक्त परियोजनामा काम नै नगरी रकम भुक्तानी गरेको, भएको काममा बढी भुक्तानी गरिएको, ठेकेदारलाई लाभ हुने गरी निर्णय गरिएको लगायतको कसुरमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

सरकारी सम्पत्ति हानि नोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको र त्यस वापत बैंक जमानीबाट असुल गरी सोमा लाग्ने ब्याज असुल नगरेको तथा पेश्की फर्स्यौट नहुँदै निर्माण व्यवसायीको कारणले ठेक्का अन्त्य भएपछि असुल हुन बाँकी रहेको रकम बैंक जमानतबाट असुल गर्दा त्यसमा लाग्ने ब्याज असुल नगरेको लगायतको अभियोगसहित मुद्दा दायर भएको थियो ।