citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई एक अर्ब रुपैयाँ सहयोग

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

अस्पतालको स्त्तोरन्नतीका लागि दक्षिण कोरियाली सरकारले ९।५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायोग प्रदान गरेको छ । यो सहायताले अस्पताल २ सय शैयामा रुपान्त्रण हुदैछ भने नगरवासीलाई उपचारमा सहजता थपिएको छ ।

नगरबासीको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन र चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्न नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई सहज भएको छ ।

दक्षिण कोरिया सरकारद्धारा अस्पतालको स्तरवृद्धिका एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायग प्राप्त भएको छ ।

अस्पतालको १६ औं वार्षिकउत्सवका अवसरमा उक्त रकम सहयोग प्राप्त भएको जानकारी दिंदै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अब नगरवासीको निशुल्क स्वास्थ्य विमा गरिने बताउनु भयो ।

गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र चिकित्सा पूर्वाधार तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

प्रभावकारी सेवा प्रवाहका लागि अस्पतालले उदाहरणीय कार्य गरिरहेको अस्पतालका कार्यकारी निर्देशक डा। दिपेन्द्र कुमार रौशनले बताउनु भयो । अस्पताल सर्वसाधारणका लागि निक्कै उपयोगी भएको विरामीको भनाइ छ ।

वार्षिकोत्सवका अवसरमा अस्पताल प्रशासनले विरामीलाई फलफुल वितरण पनि गरेको छ । अस्पतालले सो अवसरमा १० मिनेट सेवा प्रदान भन्ने नयाँ कार्यक्रम पनि संचालनमा ल्याएको छ ।

यो अवधिसम्म आइपुग्दा अस्पतालले एक लाख ९२ हजार चार सय १६ जनालाई ओपिडी सेवा दिएको छ भने एक हजार ९ सय २० जनाको सफल अप्रेशन गरेको छ ।

himalayan life insurance
igi long