stcnepal long ad
ime life insurance
national life
global ime bank long

लगानी सम्मेलनः पाहुनाहरुको लागि उच्च सुरक्षा व्यवस्था

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। लगानी सम्मेलनमा आउने पाहुनाहरुको लागि सरकारले उच्च सुरक्षा व्यवस्था गरेको छ । त्यसका लागि नेपाल प्रहरीले आवश्यक व्यवसथा गरिसकेको जनाएको छ। आइतबारदेखि दुई दिनसम्म हुने सम्मेलनमा करिब १ हजार ६०० जना विदेशी पाहुनाका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको हो।

काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा उक्त सम्मेलनको आयोजना हुँदैछ। यस पटकको सम्मेलनमा १० वटा सत्र, ५० भन्दा बढी वक्ता र एक हजार जनाभन्दा धेरै सम्भावित लगानीकर्ताको सहभागिता रहने भएकाले काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ।

‘सुरक्षा व्यवस्था चुस्त दुरुस्त छ, आवश्यक सबै प्रबन्ध गरिएको छ’, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले भने। प्रहरी स्रोतका अनुसार करिब एक हजार सुरक्षाकर्मी सम्मेलन अवधिभर खटिनेछन् ।

आइतबारदेखि हुने उक्त सम्मेलन बिहान ८ बजेबाट शुरु हुनेछ। रजिष्ट्रेसनको कामपछि साढे ९ बजेदेखि सम्मेलनको उद्घाटन सत्रको कार्यक्रम शुरु हुनेछ।

उक्त सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन तथा निजी क्षेत्रका व्यक्तिहरुले बोल्ने कार्यक्रम छ। यो कार्यक्रमको अवधि करिब २ घण्टा १५ मिनेट रहने बोर्डले जनाएको छ। करिब सवा १२ देखि दोस्रो पूर्ण सत्र (प्लेनरी सेसन) प्रारम्भ हुनेछ।

उक्त सत्रमा नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति दिइनेछ। यही सेसन अन्तर्गत नेपालमा भएको लगानीको सफलतासम्बन्धी प्रस्तुति दिइनेछ। उ

क्त कार्यक्रमपछि बोर्डले तय गरेका १ सय ४८ आयोजनाको शोकेसिङ तथा मार्केट सराउन्डिङको काम गरिनेछ। उक्त कार्यक्रम सकिएपछि केही सीमित व्यक्तिसँग प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम अनुसार सोमबार बिहान अर्थमन्त्रीले विभिन्न विकास साझेदारहरुसँग बैठक गर्नेछन्। त्यसपछि तीनवटा समानान्तर सत्र आयोजना हुनेछ। पहिलो सत्र १० देखि ११ः३० सम्म चल्नेछ।

उक्त सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ।

दोस्रो सत्र ११ः४५ देखि १ः१५ सम्म चल्नेछ । उक्त सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति श्रृंखलाबारे छलफल हुनेछ।

२ः३० देखि ४ बजेसम्म सञ्चालन हुने तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल हुनेछ। सम्मेलन आयोजनास्थलमा २५ वटा स्टलहरु रहनेछन्।

prabhu mahalaxmi
kumari