stcnepal long ad
ime life insurance
national life
global ime bank long

जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने अन्तिम मौका भोलि

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेक्सन म्याक्स साट्न पाइने भएको छ ।नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले पुराना गाडीहरूसँग टाटाको नेक्सन म्याक्स साट्न पाइने अवसर सृजना गरेको हो ।

त्यसका लागि सिप्रदी ट्रेडिङले हिजो शुक्रबारदेखि काठमाडौंमा ‘म्याक्सचेञ्ज मेला’ आयोजना गरिरहेको छ ।

मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुची तथा चाहनाहरूलाई दृष्टिगत गर्दै मेला आयोजना गरिएको कम्पनीको भनाइ छ ।

भोलि अर्थात् यही वैशाख १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा सञ्चालन हुने म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आईफोन–१५ लगायतका आकर्षक उपहारहरू समेत राखिएका छन् ।

मेलाको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

 

prabhu mahalaxmi
kumari