कम्प्युटिङ साइन्स र साइबर सेक्युरिटीमा यूकेको डिग्री पढाउँदै स्ट्याम्फोर्ड कलेज
काठमाडौं । स्ट्याम्फोर्ड कलेजले युकेको ४ वर्षे डिग्रीसहित बीएससी अर्न्स कम्युयुटिङ साइन्स र साइबर सेक्यूरिटी कोर्स पढाउँदै आएको छ ।
कलेजले युकेको टाइम्स हाइयर र्याङकिङको ‘टप छ सय प्लस’मा पर्ने ‘युनिभर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’को कोर्स नेपालमै अध्यापन गराइरहेको हो ।
‘युके पढ्न जाने मन हुँदाहुँदै पनि कति विद्यार्थी आर्थिक कारण वा सानै उमेरको हुँदा परिवारले ब्याचलर सम्म त यही पढेर जाउँ भन्ने हुन्छ ।
कतिले नेपालमै बाहिरको जस्तो कोर्स चाहिरहेका हुन्छन् । विद्यार्थीलाई टार्गेट गरेर हामी ‘युनिभरर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’सँग एफिलेटेड भएर निकै कम फिमा युकेको डिग्री नेपालमै अध्यापन गराइरहेका हौं,’ कलेज हेड सन्दिप पोखरेलले भने ।
उनका अनुसार उक्त डिग्री लिएपछि थप अध्ययनका लागि विश्वका जुनसुकै युनिभर्सिटीमा पढ्न विद्यार्थीलाई समस्या रहँदैन ।
कलेजले विद्यार्थीका लागि एआई र साइबर सेक्युरिटी ल्याबमा कोडिङ च्यालेन्ज, ह्याकाथन तथा इन्डस्ट्री वर्कसपमार्फत सिक्ने अवसरमा समेत जोड्ने गरेको छ ।
यस्तै, करिअर काउन्सिलिङ, सेमिनार, नियमित उद्योग भ्रमण गराएर पढ्दै गर्दा नै इन्टर्नसिप र जब पेलेसमेन्टमार्फत करिअरको उचाइ पक्का गर्न विद्यार्थीलाई सघाउने गरेको कलेज प्रशासनको भनाइ छ ।
विद्यार्थीको मानसिक तथा शारीरिक अवस्थालाई ध्यानमा राख्दै कलेज परिसरमै लाइब्रेरी, जिम, स्नूकर हाउस र रुफटप क्याफेटेरिया सञ्चालन गरिएको छ ।
कलेजको शैक्षिक तथा प्रशासकीय व्यवस्थापनबारे प्रश्न गर्दा बीएससी कम्यूयुटिङ साइन्स पढ्दै गरेका सुशान्त थारु भन्छन्, ‘२ वर्ष पहिले १२ कक्षाको नतिजा प्रकाशन भइसकेपछि आइटी पढ्नका लागि विदेश जाने तयारीमा थिए । तर परिवारले विदेशमा अध्ययनको स्वीकृति नदिएपछि स्ट्याम्फोर्ड कलेजमा भर्ना भएँ ।’
यतिबेला उनले बीएससी कम्यूयुटिङ साइन्सको अध्ययन सुरु गरेको दुई वर्ष पुगेको छ । यो अवधिमा आफू कलेजको अध्ययन अध्यापन र अतिरिक्त क्रियाकलापबाट सन्तुष्ट रहेको सुशान्तले सुनाए ।
‘म अहिले कलज जोइन भएको २ वर्ष भयो । टप र्याङ्किङमा पनि परेको छु । यहाँको कक्षाकोठादेखि टिचर, पढाउने तरिका सबै मन परेको छ । साँच्चै नै युके नै गएर पढेको जस्तो महसुस गरेको छु,’ उनले भने ।
सोही कोर्समा यसै वर्ष भर्ना भएकी जेनिसी भण्डारीले पनि कलेजको वातावरण नयाँ विद्यार्थीको लागि पनि नयाँ जस्तो नभएको अनुभव साटिन् ।
‘म आजबाट मात्रै कलेज सुरु गरेको हुँ । टिचर, एडमिन सबैको व्यवहार एकदमै घुलमिल हुन सकिने खालको रहेछ । विदेशको तुलनामा यहाँ निकै कम ‘फि’ मा विश्वभर क्रेडिड आवर पुग्ने डिग्री पाइने भएकाले यो कलेज रोजेँ,’ विद्यार्थी भण्डारीले भनिन् ।






















