सुप्रिम सहकारी ठगी प्रकरण : गुरुङलाई थुनामा
६ जनालाई धरौटीमा छाड्ने आदेश
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले शुक्रबार ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो ।
त्यस्तै, ६ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । दिपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङलाई धरौटीमा छाड्न ओदश दिइएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
पुनलाई चार लाख, अछामीलाई १० लाख, चापागाईंलाई १८ लाख, न्यौपानेलाई चार लाख ४५ हजार र थापामगर र गुरुङलाई दुईरदुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको उनले बताए ।
सुप्रिम सहकारीबाट झन्डै पौने दुई अर्ब ठगी भएको ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । सो प्रकरणमा २८ जनालाई मुख्य अभियुक्त बनाइएको छ । मुद्दामा एक हजार दुईजनालाई थप प्रतिवादी बनाइएको छ ।
गितेन्द्रबाबु राई (जीबी)सहित अन्य फरार प्रतिवादीको हकमा कानुनबमोजिम पक्राउ पुर्जीको म्याद थप गर्ने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।