citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज वैशाख ७ गते शुक्रबार मनकामना केबलकार आज १ दिन बन्द रहने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मनकामना केबलकार आज वैशाख ७ गते शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबार केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो ।

himalayan life insurance
igi long