stcnepal long ad
Himalayan bank
national life

चीनमै फेला पर्‍यो अर्को भाइरस

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । चीनबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर महामारीको रुप लिइरहेको छ । यसैबीच, चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन् ।

यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । फ्लु गराउने यो भाइरस सुँगुरमा भेटिएको हो ।

जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने वैज्ञानिकले चेतावनी दिएका छन् । प्रोसिडिङ्स अफ दी नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा वैज्ञानिकले भनेका छन्, ‘सुँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।

’ ‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने सबै गुण पाइएका छन् र यसबारे थप सुक्ष्म अनुगमन (अनुसन्धान) गर्न जरुरी छ।’ यो भाइरस आफ्नो स्वरूप परिवर्तन गरी सहजै एक अर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्र रूपमा फैलिन सक्नेलगायतका सबै खालका सम्भावना देखिएको बताइएको छ । यो नयाँ भाइरस भएकाले यसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भन्दै सचेत रहन वैज्ञानिकले चेतावनी समेत दिएका छन् ।

kumari bank
kumari
nawakantipur long